Kathmandu Press

भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको ओलीको भनाइप्रति कांग्रेसको दुई बुँदे टिप्पणी

काठमाडौं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालका शक्ति लागेको अभिव्यक्तीका विषयमा कांग्रेसले दुई बुँ....

भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको ओलीको भनाइप्रति कांग्रेसको दुई बुँदे टिप्पणी

काठमाडौं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालका शक्ति लागेको अभिव्यक्तीका विषयमा कांग्रेसले दुई बुँदे टिप्पणी गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन्।

शर्माले प्रधानमन्त्रीले भारतले हटाउन खोज्दैछ भने नेकपाले देशलाई संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ की छैन? भनेर प्रश्न गरेका छन्। ‘भारतले हटाउन खोज्दैछ, पिएम नेपालले नै भनेपछि नेकपाले देशलाई प्रष्टयाउन जरुरी छः १. प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन?,’ उनले ट्वीटरमा भनेका छन्, ‘२. छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन?’

उनले कोरोनासँग जुध्न असफल बनेपछि जनताले परिवर्तन खोजेको भन्दै सहयोद्धाले जोगाइदिए तिनलाई धन्यवाद दिन आग्रह गरेका छन्। ‘कोरोनासँग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन् ,सहयोद्धाहरुले जोगाइदिए तिनलाई धन्यवाद दिनोस्। बिदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस्। हटाउन लागे भनेर सार्वजनिक रुवाबासी गर्नु शोभनीय भएन ! थैली राम्रोसँग नबाध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन,’ उनले भनेका छन्।

ओलीले आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफुलाई प्रधानमन्त्रीबाट हटाउन दिल्ली र नेपालका शक्ति लागि परेको बताएका थिए।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्