Kathmandu Press

ललितपुरको खोकनामा प्रहरी र किसानबीच विवाद

काठमाडौं, असार १५ : ललितपुरको खोकनामा प्रहरी र स्थानीय किसानबीच विवाद भएको छ। सोमबार खेत खनजोत गर्न गएका स्थानीय किसानलाई प्रहरीले काममा अवरोध गर....

ललितपुरको खोकनामा प्रहरी र किसानबीच विवाद

काठमाडौं, असार १५ : ललितपुरको खोकनामा प्रहरी र स्थानीय किसानबीच विवाद भएको छ। सोमबार खेत खनजोत गर्न गएका स्थानीय किसानलाई प्रहरीले काममा अवरोध गरेपछि विवादकाे स्थिती सृजना भएकाे हाे। 

काठमाडौं निजगढ फास्ट ट्रयाक अन्तर्गत पर्ने जमिन किसानले खनजोत गरेपछि प्रहरीले काममा अवरोध गरेको थियो।  

किसानहरु भने सरकारले फास्ट ट्रयाक निमार्णको लागि जग्गा अधिग्रहण्न गरेपनि मुआब्जा नपाएको बताउँछन्।

पैसा नपाएकोले किसानले आफ्नो जमिन खनजोत गर्न पाउनुपर्ने माग राख्दै सरकार र प्रहरीविरुद्ध नारबाजी गरेका छन्। 

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्