Kathmandu Press

विश्वमा कोरोना भाइरसबाट पाँच लाखभन्दा बढीको मृत्यु

काठमाडौं, असार १५ : संसारभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार मध्याह्नसम्म संस....

विश्वमा कोरोना भाइरसबाट पाँच लाखभन्दा बढीको मृत्यु
एजेन्सी

काठमाडौं, असार १५ : संसारभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार मध्याह्नसम्म संसारभर पाँच लाख चार हजार चार सय ९१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा एक लाख २८ हजार चार सय ३७ जनाको ज्यान गएको छ।

त्यसपछि ब्राजिल, बेलायत, इटाली, फ्रान्स र स्पेन रहेका छन्। ब्राजिलमा ५७ हजार ६ सय ५८ जनाको मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ४३ हजार पाँच सय ५०, इटालीमा ३४ हजार सात सय ३८, फ्रान्समा २९ हजार सात सय २८ र स्पेनमा २८ हजार तीन सय ४३ जनाको ज्यान गएको छ।

पछिल्लो समय भारतमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ। अहिलेसम्म भारतमा १६ हजार चार सय ८७ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमितको संख्यमा भारत चौथो नम्बरमा छ। अहिलेसम्म कोरोना संक्रमितको संख्या पाँच लाख ४९ हजार एक सय ९७ पुगेको छ।

सबैभन्दा बढी जनाको ज्यान गएको अमेरिकामा कोरोना संक्रमितको संख्या २६ लाख ३७ हजार ७७ पुगेको छ। जसमा १० लाख ९३ हजार चार सय ५६ जना निको भएका छन्।

त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या १३ लाख २४ हजार दुई सय ५४ पुगेको छ। अहिलेसम्म सात लाख ३३ हजार आठ सय ३८ जना निको भएका छन्।

तेस्रो नम्बरमा रहेको रुसमा ६ लाख ३४ हजार ६ सय ३७ जनामा कोरोना देखिएको छ। अहिलेसम्म नौ लाख ७३ जनाको मृत्यु भएको छ भने तीन लाख ९९ हजार ८७ जना निको भएका छन्।

नेपालमा पन िकोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अहिलेसम्म १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको छ भने २९ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये तीन हजार १३ जना निको भएका छन्।

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्