धानको उत्पादकत्व बढाउँदै जान आवश्यक छ : मुख्यमन्त्री पोखरेल
रुपन्देही, असार १५ : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले धानको व्यावसायीकरणका माध्यमबाट रोजगारीको सिर्जना एवं निर्यात गर्ने रणनीति बनाउँदै प्रदे....

रुपन्देही, असार १५ : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले धानको व्यावसायीकरणका माध्यमबाट रोजगारीको सिर्जना एवं निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन्।
राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना दिँदै उनले खेतीयोग्य भूभागमा सिंचाइको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एवं यान्त्रीकीकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको बताए।
केही दशकअघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपूर्तिका लागि आयात गरिरहेको जनाउँदै उनले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउँदै जान आवश्यक रहेकामा जोड दिए।
प्रकाशित मिति: १२:४७ बजे, सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











