Kathmandu Press

दैलेखको पीसीआर मेसिन आजदेखि सञ्चालनमा

दैलेख, असार १५ : दैलेखमा सात जनाको स्वाब संकलन गरेर पीसीआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ। दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्....

दैलेखको पीसीआर मेसिन आजदेखि सञ्चालनमा

दैलेख, असार १५ : दैलेखमा सात जनाको स्वाब संकलन गरेर पीसीआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ। दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब संकलन गरिएको हो। 

भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा  प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गरेका छन्। आजदेखि नियमित रुपमा  पीसीआरबाट कोरोना  परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए।

दैलेखमा ७३२ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेशन अस्पतालमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फर्किसकेका छन्।

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्