Kathmandu Press

स्याङ्जामा सलहको मूल्य किलोको एक सय रुपैयाँ

स्याङ्जा, असार १५ : भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ। सलह मारेर ल्याउनेलाई किलोको एक सय रुपैयाँ दिइने भएको छ।

स्य....

स्याङ्जामा सलहको मूल्य किलोको एक सय रुपैयाँ
रासस

स्याङ्जा, असार १५ : भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ। सलह मारेर ल्याउनेलाई किलोको एक सय रुपैयाँ दिइने भएको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सलह देखिएको छ। गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो एक सय रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको अध्यक्ष थापाको भनाइ छ। “सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ,” उनले भने।

गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको हो। स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए।

यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिइन्। सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए।

किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनिएको छ। खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन्।

 

प्रकाशित मिति: ११:५७ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्