Kathmandu Press

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, असार १५ : एशियाली विकास बैंक (एडिबी)ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने ....

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, असार १५ : एशियाली विकास बैंक (एडिबी)ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

काठमाडौंस्थित एडिबीको कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि सहुलियत ऋणस्वरुप नेपाललाई २२ अर्ब प्रदान गर्न स्वीकृत भएको छ।

यसबाट काठमाडौँ उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने जनाएको छ।

प्रकाशित मिति: ११:३९ बजे, सोमबार, असार १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्