Kathmandu Press

ललितपुरमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १५ : ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज बिहान आएको रिपोर्टमा उनलाई कोरोना ....

ललितपुरमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १५ : ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज बिहान आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख खगेश्वर गेलालले स्टार अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको बताए।

स्वास्थ्य समस्या देखिएपछि रौतहटका २९ वर्षीय युवक स्टार अस्पताल भर्ना भएका थिए। उनलाई स्वास फेर्न समस्या भएको थियो।

त्यसपछि भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेको केहीबेरमै शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गेलालले बताए।
गेलालका अनुसार शनिबार राति नै स्वाब संकलन गरिएको थियो। आज बिहान रिपोर्ट आएको हो।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

उनको शव व्यवस्थापनको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उनको सम्पर्कमा आएका व्यक्तिको भइरहेको छ भने उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

प्रकाशित मिति: १०:५४ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्