मोरङमा आगलागी हुँदा तीन होटलमा क्षति, ६ जना घाइने
मोरङ, असार १५ : मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ स्थित विराटचौकमा आज बिहान आगलागी भएको छ। आगलागीमा तीन वटा होटलमा क्षति पुगेको छ।
जिल्....

मोरङ, असार १५ : मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ स्थित विराटचौकमा आज बिहान आगलागी भएको छ। आगलागीमा तीन वटा होटलमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान मन्दिरा न्यौपानेको खाजा घरबाट आगलागी सुरु भएको थियो। एवन खाजाघरसँगै छेउमा रहेका अर्चना पोख्रेलको पोख्रेल स्टाफ होटल र रमेश डंगोलको धनकुटे समीर स्टाफ होटल पनि जलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोश खड्काका अनुसार आगो निभाउने क्रममा ६ जना स्थानीय वासिन्दा घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए।
घाइते हुनेहरुमा सुन्दरहरैंचा–१२ का ५६ वर्षीय छत्रबहादुर थापा, सुन्दरहरैंचा–९ का ४२ वर्षीय गोविन्द दाहाल, ३३ वर्षीय खगेन्द्र लुइँटेल, ३८ वर्षीय रणबहादुर बस्नेत, सुन्दरहरैंचा–१० का ४२ वर्षीय बाबुराम बस्नेत र ४५ वर्षीय अम्बिकाप्रसाद ढुंगेल छन्।
उनीहरुमध्ये छत्रबहादुर, गोविन्द र खगेन्द्र गम्भीर घाइते भएका छन्। उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लग्ने तयारी गरिएको छ।
अन्य तीन जनाको अवस्थामा सामान्य रहेको छ। उनीहरुको स्थानीय अस्पतालमै उपचार भइरहेको छ।
आगलागी हुँदा ग्यास सिलेन्डर विस्फोट भएका थिए। आगलागी कसरी भयो भन्ने खुल्न नसकेको जनाएको छ।











