सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गाेली चल्दा १८ घाइते
सर्लाही, असार १५ : सर्लाहीको धनकौल गाउँपालिका–३ मा गएराति नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा गोली चल्दा १८ जना घाइते भएका छन्।
....
सर्लाही, असार १५ : सर्लाहीको धनकौल गाउँपालिका–३ मा गएराति नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा गोली चल्दा १८ जना घाइते भएका छन्।
नेकपा कार्यकर्ता रामजल रायको असार ७ गते हत्या गरिएको थियो। हत्यारालाई कारबाही गर्न माग गर्दै नेकपा कार्यकर्ताले जुलुस निकालेका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार, जुलुसमा प्रयोग गरिएको ट्रयाक्टरले बाटो छेकेको थियो। कांग्रेस कार्यकर्ताले बाटो छेकिएको भन्दै हटाउन आग्रह गरेका थिए। त्यहि विषयलाई लिएर विवाद बढ्दै जाँदा झडप भएको हो।
झडपमा गोली चलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विश्वमणि पोखरेलले बताए। उनका अनुसार, गोलीको छर्रा लाग्दा १८ जना घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनसार, घाइते हुनेहरुमा धनकौल वडा नं. २ रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह, वडा नं. ३ का रामचन्द्र हजारी नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेका छन्।
घाइतहरुको सबैको सर्लाही अस्पतालमा उपचार भइरहेको डीएसपी पोखरेलले बताए। कसले गोली चलायो भन्ने खुलेको छैन।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पनि बल प्रयोग गरेको थियो। प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको जनाएको छ।
गोली चलाएको आरोपमा प्रहरीले स्थानीय मुकेश साहलाई नित्रन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सोधपुछ भइरहेको जनाएको छ।











