Kathmandu Press

मनसुन सक्रिय : अझै केहि दिन भारी बर्षाको सम्भावना 

काठमाडौं, असार १५ : मनसुन सक्रिय भएपछि केही दिनदेखि जारी वर्षा कम्तीमा थप तीन दिन जारी रहने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबा....

मनसुन सक्रिय : अझै केहि दिन भारी बर्षाको सम्भावना 

काठमाडौं, असार १५ : मनसुन सक्रिय भएपछि केही दिनदेखि जारी वर्षा कम्तीमा थप तीन दिन जारी रहने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म मुलुकका विभिन्न भू भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

दिउँसोसम्म प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै मंगलबार र बुधबार पनि मुलुकभर वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

मुलुकभर वर्षा नरोकिँदा विभिन्न नदी तथा खोला-खोल्सीमा पानीको वहाव उच्च भई बाढी पहिरो एवं डुबानको खतरा रहेकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।

महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मुलुकका विभिन्न स्थानमा न्यूनतम २ मिलिलिटरदेखि अधिकतम १३० मिलिलिटरसम्म वर्षा भएको छ ।

आगामी केही सहायक नदीमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने भएकाले नदी आसपास क्षेत्रका बस्तीमा सतर्कता अपनाउन महाशाखाले अपिल पनि गरेको छ ।

प्रकाशित मिति: ०७:४४ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्