Kathmandu Press

अर्थतन्त्रमा समेत धानको महत्वपूर्ण योगदान छ : प्रधानमन्त्री 

काठमाडौं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा समेत धानको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

राष्ट्रिय धान दिवस....

अर्थतन्त्रमा समेत धानको महत्वपूर्ण योगदान छ : प्रधानमन्त्री 

काठमाडौं, असार १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा समेत धानको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको र मुलुकको परनिर्भरता समेत बढाएको भन्दै नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजनाहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएको बताए ।

सिँचाई सुविधा बिस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, सार्वजनिक वितरण प्रणालीमा सुधार गर्ने, न्यूनतम समर्थन मूल्यको घोषणा र कार्यान्वयन गर्नेजस्ता विषयमा वर्तमान सरकारले जोड दिदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

ओलीले जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन बृद्धिमा केन्द्रित हुनु जरुरी रहेको समेत बताएका छन् । पर्यटन र अरु त्यस्तै व्यवसायहरुमा गम्भीर असर परेकोे यस विषम परिस्थितिमा कृषि र कृषिसम्बद्ध क्षेत्रले रोजगारीका अनेकन् अवसरहरु सिर्जना गर्नुपर्ने र, देशभित्र तथा विदेशमा रोजगारी गुमाएको जनशक्तिलाई रोजगारीका त्यस्ता अवसरहरु र जिविकाको सुनिश्चित आधार उपलब्ध गराउनुपर्नेमा उनको जोड छ । 

प्रकाशित मिति: ०७:३७ बजे, सोमबार, असार १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्