Kathmandu Press

काठमाडौंको स्वयम्भूबाट बुद्धचित्तको मालासहित एक पक्राउ

काठमाडौं, असार १४ : अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौंको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आज प्रहरीले पक्राउ गरेको छ।&....

काठमाडौंको स्वयम्भूबाट बुद्धचित्तको मालासहित एक पक्राउ

काठमाडौं, असार १४ : अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौंको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आज प्रहरीले पक्राउ गरेको छ। 

अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको बुद्धचित्त फेला पारेको हो। सानो माला ४१६ थान र ठूलो माला छ थान फेला पारिएको प्रहरीले जनाएको छ। उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:४१ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्