Kathmandu Press

सोमबारका नेप्से ७.४७ अंकले गिरावट 

काठमाडौं, चैत ४ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबारमा सोमबार ७.४७ अंकले गिरावट आएको छ । सोमबार सवै समूहको कारोबारमा गिरावट आउदा १ हजार १ सय ५३.....

सोमबारका नेप्से ७.४७ अंकले गिरावट 

काठमाडौं, चैत ४ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबारमा सोमबार ७.४७ अंकले गिरावट आएको छ । सोमबार सवै समूहको कारोबारमा गिरावट आउदा १ हजार १ सय ५३.९८ अंकममा आइपुगेको छ । 

सोमबार ३६ करोड ७ लाख ९ हजार ७ सय ८० रुपैयाँ बराबरका १३ लाख ९३ हजार ५ सय ५८ कित्ता सेयर कारोबार भएको छ । सोमबार सवैभन्दा बढी ग्लोवल आइएमइ बैंकको प्रोमोटर सेयरको कारोबार भएको छ । 

बैंकको ६ करोड ३९ लाख १० हजार ५ सय ५७ रुपैयाँ  बराबरको सेयर १ सय ७७ प्रतिकित्ताका दरको किनबेच भएको हो । त्यस्तैगरी दोस्रोमा साइन रेसुङा डेभलपबैंकको १ करोड ४७ लाख १४ हजार ८ सय ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त बैंकको २ सय ३८ रुपैयाँ प्रतिकित्ता सेयर कारोबार भएको हो ।     
 

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, चैत ४, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्