Kathmandu Press

कोरोना संक्रमणबाट सुदूरपश्चिममा ६ जनाको मृत्यु

धनगढी, असार १४ : कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ....

कोरोना संक्रमणबाट सुदूरपश्चिममा ६ जनाको मृत्यु

धनगढी, असार १४ : कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। कोरोनाको सङ्क्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा एक सय १६, वीर अस्पतालमा गरिएको परीक्षणमा ६ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी जम्मा दुई सय १४ मा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ।

Hardik ivf

नयाँ थपिएकासँगै प्रदेशमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार ७६ पुगेको छ। जसमा चार सय २४ महिला र बाँकी पुरुष रहेका छन्।

शनिबार मात्रै कैलालीमा २६, कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ र बझाङमा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो।

जिल्लागत रुपमा हालसम्म कैलालीमा पाँच सय ७७ जना, अछाममा एक सय ३३, बैतडीमा दुई सय ३१, बझाङमा ७२, बाजुरामा एक सय ९१, डडेलधुरामा दुई सय २६, दार्चुलामा १६, डोटीमा तीन सय २३ र कञ्चनपुरमा तनि सय सात जना कोरोना सङ्क्रमित पुगेका छन्।

प्रदेशमा आरडिटी र पीसीआर पद्धतिबाट गरेर जम्मा एक लाख २५ हजार दुई सय ९३ को नमूना जाँच गरिसकिएको छ। पीसीआर जाँच १६ हजार नौ सय ३५ जनामा गरिएकोमा दुई हजार ७६ जनामा कोरोना पोजेटिभ देखिएको हो। चार हजार एक सय ७४ जनाको नतिजा आउन बाँकी छ।

प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अप्रयाप्तता र मेसिनको क्षमता कमजोर भएका कारण शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबको नमूना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन्। सङ्कलन भएको स्वाबको नमूना जाँचका लागि अन्य प्रयोगशालामा पनि पठाउने गरिएको छ।

सङ्क्रमितहरुको विभिन्न अस्पतालका साथै स्थानीय तहका आइसोलेसन उपचार भइरहेको छ। अस्पतालको आइसोलेसनमा रहेकाहरु एक सय ३५ जना रहेकोमा अधिकांश सङ्क्रमित स्थानीय तहको आइसोलेसनमा छन्।

यसबाहेक कोरोनाका शङ्कास्पद थप १६ जनालाई अस्पतालको आइसोलेसनमा राखिएको छ। प्रदेशमा हालसम्म पाँच सय ९४  सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ। (रासस)

प्रकाशित मिति: ०९:५८ बजे, आइतबार, असार १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्