स्याङ्जामा पहिरोले घर पुरिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
स्याङ्जा, असार १४ : अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परी स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।
स्याङ्जाको गल्याङमा नगरपालिका-९, साङलि....

स्याङ्जा, असार १४ : अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परी स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।
स्याङ्जाको गल्याङमा नगरपालिका-९, साङलियमा गएराति आएको पहिरोले घर पुरिँदा स्थानीय ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको हो। उनकी श्रीमती फुलमाया विक घाइते भएकी छिन् ।
उनलाई उपचारका लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:३७ बजे, आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार