Kathmandu Press

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

वीरेन्द्रनगर, असार १३ :  कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

राष्ट्रिय धान दिवसको अवसरमा असार ....

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा

वीरेन्द्रनगर, असार १३ :  कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ। जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता तुल खड्काले प्रदेश मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले कर्णालीका जुम्लाबाहेक नौ जिल्लामा धान दिवसको बिदा दिने निर्णय गरेको जानकारी दिए। 

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, असार १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्