Kathmandu Press

क्वारेन्टाइनका सामग्री चोरी 

बाजुरा, असार १२ : बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टाइनमा चोरी भएको छ। क्वारेन्टाइनमा बस्ने म....

क्वारेन्टाइनका सामग्री चोरी 

बाजुरा, असार १२ : बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टाइनमा चोरी भएको छ। क्वारेन्टाइनमा बस्ने मानिसले प्रयोग गर्न ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए।

असार ५ गतेदेखि खाली रहेको क्वारेन्टाइनको ढोका फोडेरभित्र रहेका सम्पूर्ण सामग्री चोरी भएको थापाले जानकारी दिए। क्वारेन्टाइनबाट कचौरा ३४ थान, थाल ३४ थान, गिलास ३७ थान, चम्चा ३९ थान, कुकुर पाँच लिटर एक थान, फराइबीन दुई थान कराइ एक थान, पुन्यूउ एक थान चोरी भएको छ। 

यस्तै यसअघि क्वारेन्टाइनमा बस्नेले प्रयोग गरेका गद्दा ३६ थान, तन्ना चार थान, सिरक २६ थान र पिफर्म तीन वटा चोरी भएको छ। चोरी गरेको थाह पाएलगत्तै प्रहरी प्रतिवेदन तयारी पारेर खोजी कार्य थालिएको नगरपालिकाले बताएको छ।

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्