जातीय छुवाछूतविरुद्ध सचेत गराउँन पैदलयात्रा
कञ्चनपुर, चैत ४ : जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य, अशोक दर्नाल र रिता परियारले कञ्चनपुरको महेन्द्रनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘ने....

कञ्चनपुर, चैत ४ : जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य, अशोक दर्नाल र रिता परियारले कञ्चनपुरको महेन्द्रनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘नेपाल पैदलयात्रा २०७५’ शुरु गरेका छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पैदलयात्राका सहभागीलाई फूलमाला र खादा ओढाइ ब्यानरमा हस्ताक्षर गरेर यात्रा शुभारम्भ गरे।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जातीय छुवाछूत अन्त्यका लागि पैदल यात्रमामा सहभागीलाई स्वागत गर्दै व्यावहारिक रुपमा जातीय छुवाछूत अन्त्यका लागि आफूहरू पनि प्रतिबद्ध रहेको बताए । यात्रामा सहभागी हुने आचार्य र दर्नाललाई बाजा गाजासहित महेन्द्रनगर बजार परिक्रममा गराइनाका साथै बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले स्वागत गरेका थिए।
सामाजिक न्यायका लागि पश्चिमको कञ्चनपुरबाट शुरु गरिएको पैदलयात्रा ४५ दिन लामो हुनेछ । एक हजार तीन सय २१ किलोमिटर पैदलयात्रा गरी गाउँगाउँमा पुगेर विभेदबारे सचेतना फैलाउने र विभेद गरिनाको कारणबारे स्थानीय बासिन्दासँग छलफल गरिने जनाइएको छ।
पदयात्राको क्रममा सामान्य नागरिकदेखि, स्थानीय सरकार प्रमुख, प्रशासन विद्यालय, सार्वजनिक ठाउँमा पुगेर जातीय उत्पीडनमा परेकाको कथा सुन्दै जनचेतना जगाइने पैदलयात्रीद्वयले बताए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)