सर्पको डसाइबाट एक बालकको मृत्यु
राजविराज, असार ११ : सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ।
घरमा सुतिरहेको समयमा सर्पको टोक....

राजविराज, असार ११ : सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ।
घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। मृतक बालकको नाम भने प्रहरीले खुलाइएको छैन् ।
सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












