Kathmandu Press

जंगलमा एक युवा मृत फेला

हेटौंडा, असार १० : हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडाको जंगलमा बुधबार बिहान एक युवाकाे शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपु....

जंगलमा एक युवा मृत फेला

हेटौंडा, असार १० : हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडाको जंगलमा बुधबार बिहान एक युवाकाे शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शव हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको रहेको छ। राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जंगलमा उनी मृत भेटिएका हुन्। श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको  प्रहरीले जनाएको छ।  

शव परीक्षणका लागि हेटौंडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:४८ बजे, बुधबार, असार १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्