Kathmandu Press

३० खर्ब लगानी आह्वान गर्न ६३ परियोजना

काठमाडौं, चैत ३ : लगानी सम्मेलनका लागि सरकारले दर्जनौ परियोजनाको सूचि तयार पारेको छ । लगानी बोर्डले तयार पारेको सूचीअनुसार सरकारी र निजी गरेर ६३ परियो....

 ३० खर्ब लगानी आह्वान गर्न ६३ परियोजना

काठमाडौं, चैत ३ : लगानी सम्मेलनका लागि सरकारले दर्जनौ परियोजनाको सूचि तयार पारेको छ । लगानी बोर्डले तयार पारेको सूचीअनुसार सरकारी र निजी गरेर ६३ परियोजनाको लागि ३० खर्ब ५० अर्ब रुपैयाँ आह्वान गरिने छ।

चैत १५ र  १६ गते काठमाडौंंमा हुन लागेको सम्मेलनमा लगानीकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधी, विज्ञ गरेर ५० भन्दाबढी देशका प्रतिनिधी सहभागी हुने समेत बोर्डले जनाएको छ । बोर्डका अनुसार सम्मेलनमा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ वटा परियोजनाको लागि लगानीको आह्वान गरिने छ।

सरकारी ४६ परियोजनका लागि २४ खर्ब ९१ अर्ब १० करोड ३५ लाख ८० हजार रुपैयाँ लगानी आह्वान हुने छ । त्यस्तै, निजी क्षेत्रका १७ आयोजनाका लागि दुई खर्ब चार अर्ब २० करोड रुपैयाँका लागि लगानी आह्वान गरिने बोर्डले जनाएको छ।

बोर्डका अनुसार कृषि, जलविद्युत, विमानस्थलदेखि रेलसम्मका परियोजनाहरू तयार पारिएको छ । विदेशी लगानीका लागि ३४ करोड ५४ लाखदेखि तीन खर्ब ६९ अर्बसम्मका परियोजना तयार पारिएका छन्।

बोर्डले फोहोर व्यवस्थापनका लागि समेत अबौंका परियोना तयार पारेको छ । त्यस्तै, निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ लगानी आह्वान गर्न लागिएको छ।

त्यस्तैगरी सबैभन्दा बढी काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेलको लागि तीन खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ लगानी आह्वान गर्ने तयारी छ । पूर्व–पश्चिम विद्युतिय रेलका लागि पनि तीन खर्ब ३० अर्ब रुपैयाँ लगानी आवहन गर्न लागिएको बोर्डले जनाएको छ ।

जलविद्युतका लागि मात्रै १८ वटा आयोजनाहरूमा लगानी आह्वान गरिने भएको छ।

सरकारी परियोजना: ४६
लागत : २४ खर्ब ९१ अर्ब

बुटवल फोहोर व्यस्थापनः ९५.५० करोड
कृषि पूर्वाधार पर्सागढीः ६७.१० करोड
तमोर जलासयः १.६ खर्ब
जानकी क्षेत्र विशेष: २.२० अर्ब
जनकपुर फोहोर व्यवस्थापनः ७०.४० अर्ब
दोलखा फिल्म सिटीः २.७५ अर्ब
गण्डकी प्राविधिक विश्वविद्यालयः ६.७१ अर्ब
कृषि पूर्वाधार बनेपा-चितवनः ४८.७३ अर्ब
तलतलैया पर्यटनः ४.५१ अर्ब
रत्ननगर फोहोरमैलाः ५०.५० करोड
धुलिखेल फोहोरमैलाः ४७.३० करोड
जीतपुर फोहोर व्वस्थापनः ९१.३० करोड
रामग्राम तिलौराकोट बस र्‍यापिडः १.९० अर्ब
सुरदूरपश्चिम परिवहनः ३.३१ अर्ब
हेटौडा स्मार्टसिटीः ३.३० अर्ब
वीरेन्द्रनगर कृषि पूर्वाधारः ३४.६५ करोड
लुम्बिनी स्मार्टसिटीः ४.२९ अर्ब
धुलिखेल मेडिटिसीः ८.१४ अर्ब
सुनकोशी–२ः १.९७ खर्ब
सुनकोशी–३ः १.१० खर्ब
नलगाढ जलविद्युतः १.४ खर्ब
एसआर जलविद्युतः ८८ अर्ब
हेम्जा कृषि पूर्वाधारः ६१.९२ करोड
सिमरा क्षेत्रः ४.९३ अर्ब
मोतिपुर औधोगिक क्षेत्रः ८.८२ अर्ब
नौबस्ता औधोगिक क्षेत्रः ८.५३ अर्ब
सम्मेलन केन्द्र भक्तपुरः १.७६ अर्ब
धुलिखेल ड्रिमरल्यान्डः ४.७३ अर्ब
निजगढ विमानस्थलः ३.३० खर्ब
पूर्व–पश्चिम विद्युतीय रेलः ३.३० खर्ब
काठमाडौं पोखरा लुम्बिनी रेलः ३.६९ खर्ब
काठमाडौ मेट्रोरेलः ३.३० खर्ब
तिलोतमा कृषि पूर्वाधारः ७२.५ करोड
उर्लाबारी कृषि पूर्वाधारः ५९.९४ करोड
गोदावरी कृषिपूर्वाधारः ३४.५४ करोड
रासानिक मलः ७.१५ अर्ब
पश्चिमसेती एसआरः २.५० खर्ब
दमौली पर्यटनः ६.५ अर्ब
रोलवालिङ सहासिक शिक्षालयः ४.१५ अर्ब
शे फोक्सुन्डो रिसोर्टः ११ अर्ब
शिक्षा, खेलकुद स्वास्थ्य शहरः ११ अर्ब
स्की रिसोर्ट मनाङः ११ अर्ब
धनगढी विमानस्थलः २८.३८ अर्ब
विराटनगर विमानस्थलः ४०.४ अर्ब

निजी क्षेत्रका परियोजना: १७
लागत: दुई खर्ब चार अर्ब

त्रिशुली गल्छीः ५.८३ अर्ब
मध्यकालिगण्डकीः १०.५ अर्ब
इन्गबा खोलाः ३.३० अर्ब
माथिल्लो चमेलियाः ७.७० अर्ब
म्याग्दीखोलाः ११ अर्ब
गरुड सिमेन्टः १४.१० अर्ब
जालपादेवी केवलकारः १.७६ अर्ब
अन्नपूर्ण केवलकारः ३.४१ अर्ब
स्वर्गद्वारी केबलकारः १.७६ अर्ब
रिशोर्स हिमालय रिसोर्टः ६.१६ अर्ब
तल्लो बरुणखोलाः २७.५० अर्ब
कालिगण्डकी गर्जः २९.५१ अर्ब
माथिल्लो बलेफीः ७.९७ अर्ब
मालिल्लो बलेफी एः ६.१० अर्ब
नम्लान खोलाः ३८.५० अर्ब
तारपखोलाः ८.४७ अर्ब

 

प्रकाशित मिति: १४:५७ बजे, आइतबार, चैत ३, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्