Kathmandu Press

नेपथ्यसँगै झुमे दुबइबासी नेपाली

काठमाडौं, चैत ३ : नेपथ्यको दोस्रो प्रस्तुति दुबईमा भव्यताका साथ सम्पन्न भएको छ । करिब २५ सय दर्शकले भरिएको दुबईस्थित ‘अल नासेर लिजर ल्यान्ड&rsqu....

नेपथ्यसँगै झुमे दुबइबासी नेपाली

काठमाडौं, चैत ३ : नेपथ्यको दोस्रो प्रस्तुति दुबईमा भव्यताका साथ सम्पन्न भएको छ । करिब २५ सय दर्शकले भरिएको दुबईस्थित ‘अल नासेर लिजर ल्यान्ड’ हलमा नेपथ्यलाई स्वरमा स्वर मिलाउँदै साथ दिए।

कन्सर्ट सकिए लगत्तै नेपथ्यका गायक अमृत गुरुङले सामाजिक सञ्जालमा आफूले गरेको प्रस्तुतिको छोटो भिडियो सेयर गर्दै लेखेका छन्, ‘सबैभन्दा पहिले हामी..., धन्यवाद दुबइ, माया र साथको लागि।’

केहि समयदेखि नेपथ्यका कन्सर्टमा सुनिँदै आएको गीतले भन्थ्यो, ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ । यिनै हरफलाई गायक अमृतसँगै दर्शकले सुसेल्दै उफ्रिएका थिए।

गीतले माहोल तताइरहेकै बेला अमृतले चिच्याएर सोधेका थिए, ‘सबैभन्दा पहिले हामी......?’ जवाफमा दुई हजार पाँच सय दर्शकले भरिएको हल गुञ्जियो । सबैले चिच्याएर जवाफ दिए, ‘नेपाली ।’ अमृतले यसैलाई दोहो¥याएर राखेका छन्।

दुई घन्टा लामो कन्सर्टबाट केही सेकेन्डको भिडियो अमृतले सामाजिक संजालमा राखेपछि भाइरल भएको छ।

दुबइमा नेपथ्यले नेपाली लोकधुनमा आधारित थुप्रै गीत प्रस्तुत गरेको थियो।

प्रकाशित मिति: १४:१० बजे, आइतबार, चैत ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्