Kathmandu Press

दुर्घटनापछि फरार अभियुक्त १६ दिनपछि पक्राउ

नवलपरासी, असार ८ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका....

दुर्घटनापछि फरार अभियुक्त १६ दिनपछि पक्राउ

नवलपरासी, असार ८ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका छन्। रुपन्देहीको रोहिणी गाउँपालिका–४ का गंगासागर यादव नवलपरासीको रामग्राम–१६ हकुईबाट पक्राउ परेका हुन्। 

गत जेठ २१ गते नवलपरासीको परासी–महेशपुर सडक खण्डअन्तर्गत पाल्हीनन्दन–३ परसियामा अपरिचित मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५३ वर्षीय नाथुप्रसाद गुप्ताको मृत्यु भएको थियो।

ठक्कर दिने मोटरसाइकल फरार रहेकामा खोजी गर्दै जाँदा १६ औँ दिनमा सवारी साधनसहित चालकलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए। घटनास्थलमा फेला परेको मोटरसाइकलको भाइजरको टुक्राका आधारमा अभियुक्त पक्राउ गर्न सफल भएको उनको भनाई थियो।

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्