Kathmandu Press

सिजीद्वारा एकै दिन ६ इलेक्ट्रोनिक्स उत्पादन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ, चैत ३ : सिजी इलेक्ट्रोनिक्सले प्रयोगकर्तालाई ध्यानमा राखेर एजीका विभिन्न नयाँ मोडेलका  ६ विद्युतीय उत्पादन बजारमा ल्याएको छ।

....

सिजीद्वारा एकै दिन ६ इलेक्ट्रोनिक्स उत्पादन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ, चैत ३ : सिजी इलेक्ट्रोनिक्सले प्रयोगकर्तालाई ध्यानमा राखेर एजीका विभिन्न नयाँ मोडेलका  ६ विद्युतीय उत्पादन बजारमा ल्याएको छ।

कम्पनीले नयाँ ब्रान्डका फ्रिज, टिभि, वासिङ मेसिन, रेफ्रिजेरेटर, इन्भटरलगायतका  नयाँ ब्रान्ड समान बजारमा ल्याएको  हो । निकै आकर्षण डिजाइनका रेफ्रिजेरेटरमा १० वर्षभन्दा बढी ग्यारेन्टी रहेका कम्पनीले जनाएको छ।

त्यस्तै कम्पनीले नयाँ ब्रान्डका वासिङ मेसिन पनि बजारमा ल्याएको छ । जसमा धोएको कपडा एकदम सफा र मुलायम हुने, बच्चाको कपडा किटाणुजन्य बस्तुलाई पनि निराकरण गर्ने कम्पनीले जनाएको छ।

यी नयाँ ६ वटा उत्पादन

ओलिड टिभिः ओलिड टिभि नेपालमा नयाँ प्रविधिको रुपमा भित्र्याएको हो । यसमा बोलेको भरमा च्यानलहरू परिवर्तन गर्न सकिने जनाएको छ । ओलिड एप्स डाउनलोड गरेर बोलेर आठ सयभन्दा बढी च्यानल बदल्न सकिने छ।

त्यस्तै, यसमा साउन्डमा अन्त्यन्त राम्रो डबल व्याकप छ । विश्वकै पहिलो कर्भ स्क्रीन भएको एलजी टीभी गुणस्तरीय र दृश्यावलोकनका  लागि राम्रो मानिएको छ। यसको मूल्य २० हजारदेखि १२ लाखसम्म रहेको कम्पनीले जनाएको छ।

वासिङ मेसिन : एलजीले नयाँ खालका भेराइटीमा वासिङ मेसिन पनि बजारमा ल्याएको छ । यसमा मोबाइलबाट नै समय निर्धारण गर्न सकिने छ । यो मेसिनमा धोएका कपडा मुलायम र किटाणुरहित हुने कम्पनीको दाबी छ।

विभिन्न प्रकारका रहेको यो वासिङ मेसिनको मूल्य ४८ हजारदेखि २५ लाखसम्म रहेको छ ।

फ्रिज : यो फ्रिजको प्रयोग गर्दा लामो समयसम्म पनि नबिग्रने, फलफूल जन्य बस्तुहरूको किटाणुलाई मार्न सक्ने क्यापिसिटी भएको जनाएको छ । विभिन्न भेराइटीमा रहेको यसको मूल्य ३४ हजारदेखि तीन लाख ९० हजारसम्म रहेको कम्पनीले जनाएको छ।

डिसवास क्लिनर : डिसवास क्लिनर एलजीले नेपाली बजारमा ल्याएको नयाँ प्रकारको भाँडा सफा गर्ने मेसिन हो । यसमा पनि विभिन्न प्रकारका फङसनहरु रहेका छ । भाँडामा भएको किटाणुलाई नष्ट गर्नुका साथै साना–ठूला भाँडाहरूलाई  सफा गर्न सकिने कम्पनीले जनाएको छ  । यसमा भाँडा टल्काउने पानीको फोहराको प्रयोग गर्न सकिन्छ भने सेकाउने काम पनि गर्न सकिने जनाएको छ । यसको मूल्य दुई लाख ८६ हजारसम्म  रहेको छ।

एसी : उर्जाको बचत गर्ने किसिमको एसी भएको जनाएको छ । यसले अरुको भन्दा ३० प्रतिशतभन्दा बढी उर्जा जोगाउँने जनाएको छ । विभिन्न भेराइटीमा रहेको एसीको मूल्य ९२ हजारदेखि दुई लाखसम्म रहेको छ।

प्रकाशित मिति: ११:२९ बजे, आइतबार, चैत ३, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्