Kathmandu Press

पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल

बैतडी, असार ८ : कोरोना संक्रमित बढन थालेपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्र सिल गरिएको छ। सर्वपक्षीय बैठकले आजदेखि नगरका बजार क्षेत्र सिल ....

पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल

बैतडी, असार ८ : कोरोना संक्रमित बढन थालेपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्र सिल गरिएको छ। सर्वपक्षीय बैठकले आजदेखि नगरका बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो। 

कोरोनाका बिरामी बढ्दै गएपछि संक्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए। लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरण गर्न उक्त कदम चालिएको हो। उनले भने, 'नागरिकको जीवन रक्षाका लागि यो कदम उठाइएको हो।' नगरपालिकाको पाटन, मानिकाखान, खोड्पे लगायतका बजार क्षेत्र असार १५ गतेसम्म सिल गरिएका हुन्। निर्णय उल्लंघन गरेमा जरिवना गरिनेछ।

नगरपालिकाका आठ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। एक जना निको भएर घर फर्केका छन्। बाँकी ७ जना आइसोलेशनमा बसिरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्थालाई आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म मात्रै खोल्न नगरपालिकाले आग्रह गरेको छ।

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्