Kathmandu Press

पहिलोपटक जहाज चढ्दा चकलेटसँगै रुवा पनि खाएँ : राजेश पायल राई

काठमाडौं, चैत ३ : चर्चित गायक राजेश पायल राईले संचारकर्मीसँग हँसिमजाक मात्रै गर्दैनन्, आफ्ना कुरा पनि खुलेर राख्छन्।

यसैक्रममा उनले आफ्नो पह....

पहिलोपटक जहाज चढ्दा चकलेटसँगै रुवा पनि खाएँ : राजेश पायल राई
काठमाडौं प्रेस

काठमाडौं, चैत ३ : चर्चित गायक राजेश पायल राईले संचारकर्मीसँग हँसिमजाक मात्रै गर्दैनन्, आफ्ना कुरा पनि खुलेर राख्छन्।

यसैक्रममा उनले आफ्नो पहिलो जहाज अनुभव सुनाएका छन् । उनले संचारकर्मीसँग कुराकानी गर्दै पहिलो पटक जहाज चढ्दाको अनुभव सुनाएका हुन् । ‘२०४५ सालमा पहिलो पटक लामीडाँडाबाट जहाजमा काठमाडौं आएको थिए,’ उनले त्यो यात्रा सम्झे, ‘सिट बेल्ट लगाउन नजानेर अलि अत्तालिएँ । अगाडि रहेको चकलेट र रुवासँगै खाइदिएँ।’

Hardik ivf

त्यतिबेला उनलाई सिट बेल्ट बाध्न पनि समस्या भएको बताए । जसोतसो सिट बेल्ट त बाधे तर, खोल्न आएन् । त्यसपछि एयरहोस्टेजले सघाएको उनी सम्झिन्छन्।

उनकै स्वरमा रहेकाे फिल्म ‘दाल भात तरकारी’को टाइटल गीत ‘दाल भात तरकारी’ पनि रिलिज भएकाे छ । हरिबंश आचार्यले लेखेको यो गीतमा सम्भुजीत बास्कोटाले संगीत भरेका छन्।

प्रकाशित मिति: १०:५७ बजे, आइतबार, चैत ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्