Kathmandu Press

लागुऔषधसहित पाँच युवा पक्राउ

चितवन, असार ७ : जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा भरतपुर महानगरपालिका २२ का २६ वर्षीय आशिष थापा, २२....

लागुऔषधसहित पाँच युवा पक्राउ

चितवन, असार ७ : जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा भरतपुर महानगरपालिका २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं ४ का २१ वर्षीय भुदत्त परियार र गौंडाकोट नगरपालिका वडा नं १६ की १९ वर्षीया बविता महतो रहेको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए।  

उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका २ विक्रममार्गबाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट फेनारगन २५५ एम्पुल, मफिन २५५ एम्पुल, डाइजेपाम २५५ एम्पुल बरामद गरिएको उनले जानकारी दिए। पक्राउ परेका सबैलाई आइतबार जिल्ला अदालतमा लागुऔषध ओसारपसार मुद्दा दर्ता गरिएको उनले बताए। उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको हो। 

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, असार ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्