Kathmandu Press

शान्तिपूर्ण साइकल र्‍यालीमा प्रहरी हस्तक्षेप 

काठमाडौं, असार ७ : एमसीसी खारेजको माग गर्दै काठमाडौंमा शान्तिपूर्णं साइकल र्‍याली गरेको समूहलाई प्रहरीले हस्तक्षेप गरेको छ। क्लेम दी बोर्डर न....

शान्तिपूर्ण साइकल र्‍यालीमा प्रहरी हस्तक्षेप 

काठमाडौं, असार ७ : एमसीसी खारेजको माग गर्दै काठमाडौंमा शान्तिपूर्णं साइकल र्‍याली गरेको समूहलाई प्रहरीले हस्तक्षेप गरेको छ। क्लेम दी बोर्डर नामक युवाको समूहले शनिबार जमलमा गरेको साइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको हो। 

जमलबाट र्‍याली सुरु गर्न लाग्दा प्रहरीले हस्तक्षेप गर्दै १५ जनालाई पक्राउसमेत गरेको छ। प्रहरीले अभियन्ताहरु सन्देश पाण्डे, सुरेन्द्र लुइँटेल, सुवास पाण्डेलगायतलाई पक्राउ गरेको अभियन्ता सविना केसीले जानकारी दिइन्। 

Hardik ivf

शान्तिपूर्ण र्‍यालीमा प्रहरी हस्तक्षेपको भत्सर्ना गर्दै प्रक्राउ परेका सम्पूर्णको यथासिघ्र रिहा गर्न क्लेम दी बोर्डरले माग गरेको छ। 

क्लेम दी बोर्डरले शनिबार नै चितवनमा पनि प्रदर्शन गरेको थियो। चितवनको सहिद चोकबाट सुरु भएको र्‍याली पुलचोक, वीरेन्द्र क्याम्पस चोक, जिल्ला प्रहरी कार्यालय, मालपोत चोक, जिल्ला प्रशासन केन्द्रिय बस टर्मिनल हुँदै चौबिसकोठीमा पुगेर सकिएको थियो। 

कोरानाको महामारीलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका उपायसहित विरोध र्‍यालीमा सामाजिक दूरी कायम गरिएको क्लेम दी बोर्डरले जनाएको छ।

प्रकाशित मिति: १८:०६ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्