सामाजिक अभियान्ता इन्दिरा अमेरिकामा सम्मानित
न्युयोर्क, चैत : सामाजिक अभियान्त इन्दिरा राना मगर अमेरिकामा सम्मानित भएकी छन् । विश्वका १ सय ५५ भन्दा बढी देशहरुका वाणिज्य दूतावास....

न्युयोर्क, चैत : सामाजिक अभियान्त इन्दिरा राना मगर अमेरिकामा सम्मानित भएकी छन् । विश्वका १ सय ५५ भन्दा बढी देशहरुका वाणिज्य दूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कन्सुलले रानामगरसँगै १९ देशका महिलाहरुलाई सम्मान गरेको हो ।
अमेरिकाको न्युर्योकमा रहेको उक्त संस्थाले महिला सशक्तिकरणको क्षेत्रमा क्रियाशिल महिलाहरुलाई सम्मान गर्दै आएको छ ।
सामाजिक अभियन्ता राना मगरले प्रिजनर्स एसिस्टेन्स नेपाल नामक संस्था मार्फत जेलमा बन्दी जीवन विताईरहेका बन्दीहरुको अधिकारमा क्रियाशिल छन् । उनले २८ वर्षदेखि स्वास्थ्य, शिक्षा, मानवअधिकार क्षेत्रमा काम गर्दै आएकी छिन् ।
प्रिजनर्स एसिस्टेन्स नेपालले सन् २००० देखि केन्द्रीय कारागार जेलभित्र महिला बन्दीहरूको लागि प्राथमिक विद्यालय र उनीहरुको बालबालिकाका लागि डे केयर सेन्टर सन्चालन गर्दै आएको छ ।
संस्थाले हाल नेपालको बिभिन्न जिल्लाहरूमा बन्दीमा परेका आमा बाबुहरूका टुहुरा १ हजार ६ सय बालबालिकाहरूलाई संरक्षण प्रदान गर्दै आएको छ ।
बन्दी आमाबाबु र तीनका बालबालिकाहरूको उद्दार र संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरूप राना मगर सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ बाट पनि सम्मानित भएकी थिईन ।
यस्तै बिबिसी रेडियोले सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी र आविस्कारी महिलाको सुचीमा पनि उनको नामा समावेश गरेको थियो ।












