Kathmandu Press

निमार्णाधिन घर भत्किँदा सर्लाहीमा एकको मृत्यु, तीन घाइते

जनकपुरधाम, असार ५ : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निमार्णाधिन घर भत्किँदा एक जनाको मृत्यु भएको छ। घरले किचेर अन्य तीन जना घाइते भएका छन्।

निमार्णाधिन घर भत्किँदा सर्लाहीमा एकको मृत्यु, तीन घाइते

जनकपुरधाम, असार ५ : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निमार्णाधिन घर भत्किँदा एक जनाको मृत्यु भएको छ। घरले किचेर अन्य तीन जना घाइते भएका छन्।

चन्द्रनगर गाउँपालिका ७ का कैलाश साहको निर्माणाधिन घरमा छाना छाउने क्रममा घर भत्किँदा सोही ठाउँकी ६५ वर्षीया देवकली साहको मृत्यु भएको हो। गम्भीर घाइते भएकी शाहको मलगंवास्थित श्रीराम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाक्एो छ। 

घर भत्किँदा ७० वर्षीय रामवरण साह, स्थानीय रोशन कापडकी ५ वर्षीया छोरी गुन्जना कुमारी र ३ वर्षीया छोरी जानुका घाइते भएका छन्।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १३:३८ बजे, शुक्रबार, असार ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्