Kathmandu Press

दैलेखमा कोरोना जितेर घर फर्कनेको संख्या तीन सय ३४

दैलेख, असार ४ : कोरोना संक्रमणको उच्चजोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्यांकले भने कोरोना जितेर घर फर्कनेको संख्या ह्वात्तै बढेको दे....

दैलेखमा कोरोना जितेर घर फर्कनेको संख्या तीन सय ३४

दैलेख, असार ४ : कोरोना संक्रमणको उच्चजोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्यांकले भने कोरोना जितेर घर फर्कनेको संख्या ह्वात्तै बढेको देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले बुधबार ३३३ र  र आज बिहीबार एक जना कोरोन जितेर घर फर्केको जानकारी दिए।

क्वारेन्टाइन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पीसीआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए। दैलेखमा कोरोना संक्रमित ७२१ पुगेका छन्। करीब एक हजारको रिपोर्ट आउन अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १९:३३ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्