Kathmandu Press

कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको एक होटल सिल

लमजुङ, असार ४ : कोरोना संक्रमिमत फेला परेपछि लमजुङको एक होटललाई सिल गरिएको छ।

कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे ....

कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको एक होटल सिल

लमजुङ, असार ४ : कोरोना संक्रमिमत फेला परेपछि लमजुङको एक होटललाई सिल गरिएको छ।

कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनले बास बसेको लमजुङस्थित बेँसीशहर नगरपालिका–७ स्थित पुष्पाञ्जली होटल एण्ड रेष्टुरेन्टलाई आज सिल गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। 

कोरोना संक्रमित ती कर्मचारी गत जेठ २० गते घरबाट छोरासँग बाइकमा उक्त होटलसम्म आएको र छोरा भने फर्किएका थिए। सो होटलमा एक दिन बास बसेर मनाङ गएकामा कोरोना पुष्टि भएपछि यहाँका आसपासका स्थानीयवासी त्रसित भएका छन्। 

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, असार ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्