Kathmandu Press

प्रधानमन्त्रीको फ्लाईट ‘होल्ड’ गराएको भन्दै विमानस्थलका कर्मचारीलाई कारबाही सिफारिस 

काठमाडौं, चैत १ : प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा ‘होल्ड’ गराएको भन्दै विमानस....

प्रधानमन्त्रीको फ्लाईट ‘होल्ड’ गराएको भन्दै विमानस्थलका कर्मचारीलाई कारबाही सिफारिस 

काठमाडौं, चैत १ : प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा ‘होल्ड’ गराएको भन्दै विमानस्थलका कर्मचारीलाई विभागिय कारबाहीको सिफारिस भएको छ । 

प्रधानमन्त्री ओली चढेको यति एयरको जहाज अवतरणका क्रममा आकाशमा ‘होल्ड’ गरिएकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन तयार पार्दै ड्यूटीमा रहेका कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ ।

Hardik ivf

‘भिभिआइपी उडानमा कमजोरी धेरै क्षेत्रमा रहेको पाइएको छ, के कारबाही गर्ने भन्ने विषय मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गर्ने छ,’ समितिका एक सदस्यले भने । प्रतिवेदन तयार भएको र सम्भव भएसम्म आजै बेलुकासम्म प्रतिवेदन बुझाउने तयारी रहेको समेत ती सदस्यले जानकारी दिए । 

प्रधानमन्त्री आउने समयमा जानकारी पाएर पनि औपचारिक जानकारी नभएको भन्दै एयर ट्राफिक कन्ट्रोलर समेतले चासो नदिएको र मुख्य गरी विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री प्रधानमन्त्रीको उडान र अवतरण गर्ने स्थानसम्म जादाँ समेत टावरलाई औपचारिक जानकारी नदिनु गम्भिर गल्ती भएको निष्कर्ष समितिको प्रतिवेदनमा छ ।

स्रोतका अनुसार महाप्रवन्धक क्षेत्रीदेखि, एटिसी र यति एयरलाइन्सका कर्मचारीलाई समेत कारबाही सिफारिस गरिएको छ । ‘कारबाहीमा कर्मचारीलाई विभागिय कारबाहीदेखि सचेत गराउने सम्म सिफारीस गरिएको छ,’ ती सदस्यले भने ।   

गत फागुन २३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा समिति बनाएको थियो । सात दिन म्याद दिइएको समितिले आज साँझसम्म अन्तिम दिन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई प्रतिवेदन बुझाउने तयारी रहेको छ ।

 गत फागुन २१ गते मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनुपरेको थियो । यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे छानविन समिति गठन गरिएको हो । 
 

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, चैत १, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्