Kathmandu Press

सुदूरपश्चिममा भिटिएम नहुँदा स्वाब स‌ंकलन रोकियो

अत्तरीया, असार ३ : सुदूरपश्चिममा थ्रोट स्वाब संकलनको कार्य रोकिएको छ। थ्रोट स्वाब राख्ने भाँडो अर्थात् भिटिएम नहुँदा स्वाब संकलन पुनः रोकिएको हो। थ्रो....

सुदूरपश्चिममा भिटिएम नहुँदा स्वाब स‌ंकलन रोकियो
Hardik ivf

अत्तरीया, असार ३ : सुदूरपश्चिममा थ्रोट स्वाब संकलनको कार्य रोकिएको छ। थ्रोट स्वाब राख्ने भाँडो अर्थात् भिटिएम नहुँदा स्वाब संकलन पुनः रोकिएको हो। थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब संकलन पूर्णरूपमा रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए।

उनले सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएमको मौज्दाता सकिएपछि अहिले पूर्णरूपमा स्वाब संकलनको कार्य रोकिएको बताए। भिटीएम संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरेको जानकारी दिँदै उनले भने, भिटीएम सकिएपछि शंकास्पद र कोरोना संक्रममितको सम्पर्कमा आएकाहरुको समेत स्वाब संकलन हुन सकेको छैन।

यसअघि सं‌कलन गरिएका दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकोमा अब धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरिएको आरडिटी–पिसीआर मेसिनमा स्वाब नभएर परीक्षण बन्द भएको जनाइएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब स‌कलन गरिएको भन्दै पाँच दिनका लागि स्वाब सं‌कलन रोकेको थियो। स्वाब संकलन शुरु भएको एक सातामै फेरि भिटिएम सकिएपछि स्वाब संकलन बन्द भएको छ।

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्