Kathmandu Press

नारायणी नदीमा युवाको शव फेला

नवलपुर, असार ३ : पूर्वनवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवाको शव फेला फेरेको छ। नारायणी नदीमा माछा मार्न गएका व्यक....

नारायणी नदीमा युवाको शव फेला

नवलपुर, असार ३ : पूर्वनवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवाको शव फेला फेरेको छ। नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। 

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले सो शव गैँडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेलको भएको बताए। उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको गैँडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए।

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्