सिद्धबाबाको भीरबाट जीप खस्दा ६ जना घाइते
रुपन्देही असार २ : बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ युवक घाइते भएका छन्।
प्रदेश नं ५ ट्राफिक प्रहरी का....

रुपन्देही असार २ : बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ युवक घाइते भएका छन्।
प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३—०१—२२च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउ नदीमा अपराह्न खसेको थियो।
दुर्घटनामा तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल र कृष्ण बस्याल घाइते भएका छन्।
घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)