श्रद्धाले छोडेपछि साइनाको बायोपिकमा परिणिती
काठमाडौं, चैत १ : भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायपिकमा श्रद्धा कपूर नदेखिने भएकी छन् । श्रद्धा फिल्मबाट अलग्गिएकी छन् ।
यो फिल्....

काठमाडौं, चैत १ : भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायपिकमा श्रद्धा कपूर नदेखिने भएकी छन् । श्रद्धा फिल्मबाट अलग्गिएकी छन् ।
यो फिल्मका लागि श्रद्धाले महिनौं ट्रेनिङ समेत लिएकी थिइन् । उनले व्यस्तताका कारण यो फिल्म छोडेको जनाएको छ ।
अब भने यो फिल्ममा अभिनेत्री परिणिती चोपडा खेल्ने भएकी छन् । उनी अक्षय कुमारसँगै ‘केशरी’मा पनि देखिँदै छिन् ।
अनमोल गुप्ताको निर्देशनमा बन्ने बायोपिकको २०१८ को सेप्टेम्बरमै छायांकन शुरु गरिएको थियो । तर सुटिंगको केही समयमै श्रद्धालाई डेंगु लागेपछि काम रोकिएको थियो ।
डेंगुबाट सन्चो लागेपछि श्रद्धा साइनाको बायोपिकमा नगई ‘एबिसिडी–३’ फिल्म टिमसँग जोडिएकी छन् । उनी ‘एबिसिडी–३’ मा काम गर्ने भएकी छन् ।
अब भने निर्माण टिमले परिणितीलाई लिएर सुटिङ शुरु गर्ने निर्णय लिएको छ ।












