करेन्ट लागेर एकको मृत्यु
मकवानपुर, असार २ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे घर भई हाल हेटौँडा बस्दै आएक....

मकवानपुर, असार २ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे घर भई हाल हेटौँडा बस्दै आएका अन्दाजी २४ वर्षीय रवीन्द्र गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौँडा– १० को एक ग्यारेजमा काम गर्दै आएका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












