धनगढी जाँदै गरेकाे मिनीट्रक दुर्घटना, दुईको मृत्यु
डोटी, असार १ : बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधि....

डोटी, असार १ : बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार गाउँपालिका –३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा ४० वर्षीय डबल पुनमगर र १३ वर्षीय धीरज पुनमगरको मृत्यु भएको हो।
मृतक बुबा, छोराको भएको खुलेको प्रहरीले जनाएको छ। मिनिट्रक चालक श्यामलाल चौधरी भने फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिपिनगरले जनाएको छ।
घागलबाट धनगढी जाँदै गरेको मिनिट्रक आज साँझ सुनालेक नजिक दुर्घटना भएको हो। पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने तथा ट्रक सडकबाट कम्तीमा पनि १०० मिटर तल खानेलामा खसेको इलाका प्रहरी कार्यालय बिपिनगरका प्रमुख लालबहादुर ऐरले जानकारी दिए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)