Kathmandu Press

इनरुवा बजारमा आगलागी, १० करोडभन्दा बढीको क्षति

सुनसरी, जेठ ३२ : सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भएको छ। इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आज दिउँसो भएको ....

इनरुवा बजारमा आगलागी, १० करोडभन्दा बढीको क्षति
Hardik ivf

सुनसरी, जेठ ३२ : सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भएको छ। इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आज दिउँसो भएको आगलागीमा परेर यशोदा ट्रेडर्स, हनुमान वस्त्रालय, जय सन्तोषी हाडर्वेयरको रङ पसल, कपिल टेलर्स र सिर्जना फाइनान्सका भवन पूरूपले  जलेर नष्ट भएको उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए।

आगलागीलाई सुरक्षा निकाय, स्थानीय, इटहरी, धरान, विराटनगर, सुन्दरहरैचा, सप्तरी, बराहक्षेत्र र दुहबीबाट आएको वारुणयन्त्रले नियन्त्रणमा लिएको छ। आगलागीबाट करिब १० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको स्थानीय व्यापारी गुलाब शर्माले जानकारी दिए। उनले इनरुवा नगरपालिकाको वारुणयन्त्र बिग्रिदा धेरै क्षति भएको बताए।

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्