Kathmandu Press

जुवाको खालबाट ७१ हजार नगदसहित सात युवा पक्राउ

झापा, जेठ ३२ : बन्दाबन्दीको समयमा जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा ७१ हजार रुपैयाँसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय....

जुवाको खालबाट ७१ हजार नगदसहित सात युवा पक्राउ

झापा, जेठ ३२ : बन्दाबन्दीको समयमा जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा ७१ हजार रुपैयाँसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरमा जुवा खेलिरहेका बेला प्रहरीको टोलीले शनिबार दिउँसो युवालाई पक्राउ गरेको हो।

Hardik ivf

पक्राउ पर्नेमा कनकाई–३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल र ओमप्रकाश चापागाईँ छन् भने कनकाई–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन्।

प्रहरीले जुवाको खालबाट नगदसहित क्यान्डिड पाउडर र एक थान गलैँचा बरामद गरेको जनाएको छ। पक्राउ परेकालाई अनुसन्धान गरी कारवाहीका लागि अनारमनी इलाका प्रहरी कार्यालयमा राखिएको छ।

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्