Kathmandu Press

विप्लवमाथिको प्रतिवन्धले द्वन्द्व बढाउँछ : लेखक

अछाम, फागुन ३० : कांग्रेस नेता रमेश लेखकले विप्लव माओवादीमाथि सरकारले लगाएको प्रतिवन्धले थप द्वन्द्व बढाउने बताएका छन्। 

अछामको ढकारी ग....

विप्लवमाथिको प्रतिवन्धले द्वन्द्व बढाउँछ : लेखक
जनक भट्ट

अछाम, फागुन ३० : कांग्रेस नेता रमेश लेखकले विप्लव माओवादीमाथि सरकारले लगाएको प्रतिवन्धले थप द्वन्द्व बढाउने बताएका छन्। 

अछामको ढकारी गाउँपालिकामा आयोजित कांग्रेसको आमसभामा बोल्दै नेता लेखकले सरकारले प्रतिवन्ध गरेर नभई शान्तिपूर्ण वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने बताएका हुन्। 

Hardik ivf

‘विप्लव माओवादीलाई प्रतिवन्ध लगाएर होईन, वार्ता मार्फत समाधान गर्नुपर्छ’ नेता लेखकले भने, ‘म विप्लवजीहरुलाई हत्या, हिंसा छोडेर वार्तामा आउन पनि आग्रह गर्दछु।’

लेखकले सरकारले प्रतिवन्ध लगाउने निर्णय पुर्नविचार गरेर तत्काल वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने पनि बताए । उनले सरकार मुलुकमा शान्ति सुरक्षा कामय गर्न असफल भएको भन्दै निर्मला पन्तको हत्यारा पत्ता नलागउनु सरकार अपराधीलाई संरक्षण गर्न लागेको हुन सक्ने पनि बताए । लेखकले सिके राउतसँग भएको ११ बुदे सम्झौता गम्भीर राष्ट्रघाती भएको पनि बताए।

 ‘सिके राउतसँग भएको सम्झौताले वर्तमान सरकार विखण्डनकारीसँग एक साथ भएर मुलुकलाई विखण्डनतर्फ लान खोजेको देखिएको छ’ लेखकले भने, ‘यस विषयमा सरकारले प्रष्ट पार्नुपर्छ ।’

कार्यक्रममा ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा, भिरत स्वार, मेघराज खड्का, पूर्वसांसद अक्कलबहादुर विष्ट, गणेशबहादुर विष्ट लगायतले धारणा राखेका थिए । 


 

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, फागुन ३०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्