भिडियो स्टोरी : रङ्गीचङ्गी चीर ठड्याइयो, रङको पर्व होली आयो
काठमाडौं, फागुन ३० : हरेक वर्ष झै यस वर्ष पनि होलीको चीर काठमाडौंको वसन्तपुरमा ठड्याइएको छ । फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौ तँलाछीका धालासिक्व मानन्धर समू....

काठमाडौं, फागुन ३० : हरेक वर्ष झै यस वर्ष पनि होलीको चीर काठमाडौंको वसन्तपुरमा ठड्याइएको छ । फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौ तँलाछीका धालासिक्व मानन्धर समूहले बिहीबार होलीको चीर ठड्याएको हो । चीर ठड्याइएसँगै सामाजिक सद्भावको पर्व होली औपचारिक रुपमा सुरु भएको छ।
हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनीमा ११ बजेर ५५ मिनेटको शुभ साइतमा सप्तरंगी चीर ठड्याइएको हो । फागुको प्रतीक चीर ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा समेत एउटै समयमा ठड्याइने चलन छ । रंगीविरंगी कपडा जडित तीन खण्डे गजुर जस्तो देखिने होलीको चीरको उचाई ३२ फुट रहेको छ । चीर ठड्याइएपछि गुर्जुको पल्टनबाट हर्षबढाइँ गरिएको थियो।
चीरको सम्बन्ध कुमारी घरसँग पनि रहेको धालासिक्व मानन्धर सना गु खलका सहसचिव गजेन्द्र मानन्धरले बताए । उनका अनुसार चीर ठड्याइए लगत्तै हरेक दिन कुमारी घरमा अबिर चढाउनु पर्छ । पहिले त नारायणहिटी राजदरवारमा समेत चीर ठड्याइन्थ्यो । चीर ठड्याउने पर्व कहिलेदेखि चलिआएको भन्ने यकिन नभएको तर मल्लकालदेखि नै चलिआएको भन्ने जनविश्वास रहेको पनि उनले बताए ।
.jpg)
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमा सम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन ६ गते र तराई मधेशका जिल्लाहरुमा फागुन ७ गते होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक विदा दिने गर्दछ ।
बिष्णुका भक्त प्रल्हादलाई जलाएर मार्ने प्रयास गर्दा होलिका आफै जलेर मृत्यु भएको खुशीयालीमा एक अर्कामा रङ दलेर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख छ।












-(7)-1765197040.jpg)
