Kathmandu Press

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

डडेलधुरा, जेठ २९ : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको  हत्या आरोपमा नाति पक्राउ परेका छन्। सो गाउँपालिकाको कुँवरगाउँ....

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

डडेलधुरा, जेठ २९ : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको  हत्या आरोपमा नाति पक्राउ परेका छन्। सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा  राधादेवी गिरीलाई धान कुट्ने काठ (मुसल)ले बुधबार राति टाउकोमा  हिर्काएका थिए। 

घाइते वृद्धलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्