Kathmandu Press

प्रियंका ‘वोमन इन द वल्ड समिट’मा बोल्दै

काठमाडौं, फागुन ३० : बलिउड अभिनेत्री प्रियंका चोपडा ‘ओमन इन द वल्ड समिट २०१९’ मा बोल्ने भएकी छन्।

उनीसँग ‘वमन इन द वल्ड&rs....

प्रियंका ‘वोमन इन द वल्ड समिट’मा बोल्दै

काठमाडौं, फागुन ३० : बलिउड अभिनेत्री प्रियंका चोपडा ‘ओमन इन द वल्ड समिट २०१९’ मा बोल्ने भएकी छन्।

उनीसँग ‘वमन इन द वल्ड’की सस्ंथापक टिना ब्राउनले एक महिला अधिकारकर्मी र उद्यमीको रुपमा आफ्नो करियरको बारेमा संवाद गर्ने छिन् । अप्रिल १० देखि १२ सम्म हुन लागेको १०औं समटिमा प्रियंकासँगै हलिउड अभिनेत्रीहरू पनि आ–आफ्नो करिअरको प्रेरणादायिक कुराहरू सेयर गर्ने छन्। 

Hardik ivf

गलत खबरसँग कसरी लड्ने, मिटू अभियानलाई अघि बढाउने तरिका, पत्रकारिताको संरक्षण गर्नेलगायत अन्य प्रगतिशील शिर्षकहरू सम्मेलनको मुख्य विषय रहेका छन्।

प्रियंकाको नयाँ भेन्चर

हलिउड सिरिज ‘बेवाच’की अभिनेत्री प्रियंकाले हालसालै मात्र सेरेना विलियमसँगको सहकार्यमा ‘बम्बल डेटिङ’ नामको अनलाइन डेटिङ एपमा लगानी गरेकी छिन् । उनी चाडै नै यो एप आफ्नो देश भारतमा पनि भित्र्याउने तरखरमा छिन्।

यो सँगै नयाँ यूट्युब सिरिज ‘इफ आई कुड टेल यू जस्ट वान थिङ’मार्फत उनको प्रेरक महिलासँगको अन्तर्वार्ता लिएर मार्च २७ मा आउँदैछिन्।

प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, फागुन ३०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्