Kathmandu Press

आमा समूहद्वारा पाहुना घर सञ्चालन

म्याग्दी, फागुन ३० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा आमा समूहको अगुवाइमा अथितिगृह सञ्चालन भएको छ।

गाउँमा भित्रिने पर्यटक र ....

आमा समूहद्वारा पाहुना घर सञ्चालन

म्याग्दी, फागुन ३० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा आमा समूहको अगुवाइमा अथितिगृह सञ्चालन भएको छ।

गाउँमा भित्रिने पर्यटक र पाहुनालाई खाने बस्ने सुविधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर त्यहाँ अथितिगृह सञ्चालन गरेको हो । २० लाखमा निर्माण भएको भवनमा गाउँमा पाहुनालाई बसोबासको व्यवस्था मिलाइएको आमा समूहकी अध्यक्ष कमला पुनले बताइन्।

Hardik ivf

‘पर्यटकको आवास सुविधाका साथै गाउँमा आयोजना हुने भोज र अन्य कार्यक्रमका लागि पनि यो भवनलाई प्रयोग गर्छौं,’ अध्यक्ष पुनले भनिन्, ‘होमस्टेको अवधारणाअनुसार पाहुनाघर सञ्चालन गरिएको हो ।’ दुई तले भवनको माथिल्लो तलामा २० जना बास बस्न सक्ने क्षमताको सात वटा कोठा छन् । तल्लो तलामा डाइनिङ, भान्छा कोठा र तालीम हल बनाइएको छ । राम्चे अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय र कर्बाकेली पदमार्गमा समेटिएको छ।

पाहुनाघरको आम्दानी समूहको कोषमा राखेर महिलाको आयआर्जन र सामाजिक गतिविधिमा परिचालन गरिने समूहकी सदस्य देवी गर्बुजाले बताइन् । होटल तथा लजको सुविधा नभएको राम्चे भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई अतिथिगृह सञ्चालन भएपछि बास बस्न व्यक्तिका घर खोज्नु नपर्ने भएको छ।

भवन निर्माणका लागि तत्कालीन जिविसले ६ लाख पाँच हजार दुई सय ८२ र तत्कालीन राम्चे गाविसले सात लाख ५२ हजार चार सय अनुदान उपलब्ध गराएको थियो । ०७२ मा शुरु भएको भवन निर्माण यसै महिना सकिएको हो । भवन बनाउन छविलाल गर्बुजा, पिमबहादर गर्बुजा र हेमबहादुर गर्बुजाले जग्गा उपलब्ध गराएका थिए ।

त्यस्तै, स्थानीयवासी, देश र विदेशमा रहेका राम्चेवासीबाट चन्दा सङ्कलन गरेर भवनलाई पूर्णता दिइएको निर्माण समितिका संयोजक माया पुर्जाले बताइन् । सामुदायिक वन समूहले ४० हजार बराबरको काठ उपलब्ध गराएको थियो।

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, फागुन ३०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्