Kathmandu Press

मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या

मकवानपुर, जेठ २९ : मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन्। मकवानपुरगढी गाउँपालिका १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ....

मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या

मकवानपुर, जेठ २९ : मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन्। मकवानपुरगढी गाउँपालिका १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ।

अपाङगता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ बस्दै आएका थिए। 

नेपालीले धारिलो हतियार प्रहार गरेर सासूको हत्या गरेको र उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले जानकारी दिइन्। बिहान ४ बजे होहल्ला भएपछि स्थानीयले थाहा पाई अभियुत्तmलाई नियन्त्रणमा लिएको  मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले बताए।

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्रहरी टोली पुगेको छ। प्रहरीले अभियुक्त नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ। रानाका अनुसार पक्राउ परेका नेपालीले आफूले सासूको हत्या गरेको स्वीकार गरेका छन्।

प्रकाशित मिति: १२:१२ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्