पाँच लाख लगानी गर्दा प्यान नम्बर अनिवार्य
काठमाडौं, फागुन ३० : अब बैशाख १ देखि एकै पटक पाँच लाखको सेयरमा लगानी गर्ने लगानीकर्ताले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने भएको छ।
नेपाल ध....

काठमाडौं, फागुन ३० : अब बैशाख १ देखि एकै पटक पाँच लाखको सेयरमा लगानी गर्ने लगानीकर्ताले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले विगतमा सबैलाई प्यान नम्बर अनिवार्य गर्ने भनेता पनि लगानीकर्ताको दबाबमा पाँच लाखको सिमा तोकिएको हो।
बिहीबार बोर्डले सूचना जारी गर्दै दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले एक पटकमा न्यूनतम पाँच लाख रुपैयाँभन्दा माथिको कारोबार गर्नका लागि स्थायी लेखा नम्बर अनिवार्य लिनु पर्ने जनाएको छ । बोर्डले पाँच लाख रुपैयाँभन्दा तल कारोबार गर्ने लगानीकर्तालाई भने स्वेच्छिक छाडेको छ।
नेपाल धितोपत्र बोर्डले यसअघि अर्थ मन्त्रालयको निर्देशनमा दोस्रो बजारमा कारोबार गर्ने सम्पूर्ण लगानीकर्ताहरूका लागि अनिवार्य स्थायी लेखा नम्बर लिन निर्देशन दिएको थियो।
बोर्डको निर्देशनसँगै लगानीकर्ताले चर्को विरोध गरेपछि नेपाल धितोपत्र बोर्डले पाँच लाख रुपैयाँको सिलिङ तोकेको हो।
बुधबार राजस्व सचिव लालशंकर घिमिरेले तीनवटा लगानीकर्ता संघका प्रतिनिधिलाई बोलाएर प्यानको कार्यान्वयका सम्बन्धमा छलफल गरेका थिए । छलफलमा लगानीकर्ताले तत्काल प्यानलाई कार्यान्वयन नगर्न अनुरोध गरेका थिए । तर बजेटमै भएको व्यवस्था भन्दै मन्त्रालयले अडान लिएपछि लगानीकर्ताले नै न्यूनतम सिलिङ तोकेर मात्रै प्यानको कार्यान्वयन गर्न सुझाव दिएका थिए।











-1754206481.jpg)