Kathmandu Press

धनुषामा गोली प्रहारबाट युवकको हत्या

धनुषा, जेठ २८ : धनुषको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगर....

धनुषामा गोली प्रहारबाट युवकको हत्या
Hardik ivf

धनुषा, जेठ २८ : धनुषको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो।

मण्डलको शव बुधबार बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी मण्डलको हत्या गरेको जस्तो देखिएको बताए। हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन। शवको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:१६ बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्